September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्दै एमाले अध्यक्ष ओली

665

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै छन् ।

तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

ओली दम्पतिले मन्दिरमा होमसहित विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोष स्रोतले जनाएको छ । ओली प्रधानमन्त्री रहँदा पशुपतिनाथमा सुनको जलहरी लगाइएकोमा त्यसमा विवाद भएपछि दुई साता अघि जलहरी निकालेर नापतौल गरिएको थियो । त्यस क्रममा पशुपतिनाथमा पूजामा बाधा आएको थियो ।

Advertisement

त्यसको प्रायश्चितका लागि ओलीले क्षमा पूजा गर्न लागेको बुझिएको छ । ओलीले निजी खर्चमा विशेष पूजा गर्न लागेका हुन् ।

तिथि अनुसार आजबाट साउनको सोमबार परेकाले पशुपतिनाथ मन्दिरमा अन्य भक्तजनहरुको पनि घुँइचो लागेको छ ।