कैलाली । कैलालीको गोदावरी नगरपालिका–१२ को कुमिझाल भन्ने ठाउँको खहरे खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका १२ कि बहादुर खत्रीकी छ वर्षीया छोरी गीताको शुक्रबार मृत्यु भएको हो ।
विद्यालयबाट घर फर्किने क्रममा निज बालिकालाई खोलाले बगाएको बताइएको छ ।
घटनास्थलबाट दुई किलोमिटरको दूरीमा सोही खोलामा बालिकाको शव फेला परेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।