काठमाडौं । शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको शहरी विकासमन्त्री सीता गुरुङले बताएकी छिन् ।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताएकी हुन् । ‘शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत बन्नुपर्छ’ मन्त्रीको भनाई थियो ।
‘शहर एकदमै राम्रो होस् जहाँ तपाईहरुले परिकल्पना गरेको भन्दा पनि आहा भन्ने शहर होस् भनेर लागेको छ । तर त्यो शहरलाई व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापनको भइरहेको छ ।’ मन्त्रीको थप भनाई थियो ।