काठमाडौं । जातीय विभेदका विरुद्ध खबरदारी कार्यक्रम राखिने भएको छ । जातकै आधारमा गरिने विभिन्न विभेदविरुद्ध बुधबार काठमाडौंको माइतीघर मण्डलामा उक्त कार्यक्रम राख्न लागिएको हो ।
हालै जुम्लामा अन्तरजातीय बिवाह गरेको बिरोधमा घर जलाईएको, दाङमा डेराबाट निकालिएको लगायत देशैभर भएका जातीय विभेदका विरुद्ध खबरदारी गर्ने कार्यक्रम रहेको छ ।
शिल्पी/दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठन जसपा, नेपालको आयोजनामा बुधबार दिउँसो १ बजे कार्यक्रम हुन लागेको हो ।