उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको बिराटनगर नर्सिङ होममा उपचार भइरहेको छ ।
तस्बिरः फाइल