September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

जनसार्कको छैटौं साधारणसभा सम्पन्न, सभापतिमा पुन: बिसी निर्वाचित

1.3K

काठमाडौं । जनसार्क समन्वय मञ्च नेपालको छैटौं साधारणसभा सम्पन्न भएको छ । आइतबार ललितपुर बालकुमारीस्थित माइलस्टोन कलेजको सभाहलमा सम्पन्न साधारणसभाले वरिष्ठ समाजसेवी एवं प्रशासक हरी बहादुर बिसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा तुल्सीप्रसाद तिम्सिना, महासचिवमा सन्तोष कुमार घिमिरे र सचिव तथा प्रवक्तामा भरत ढकाल निर्वाचित भएका छन् । यसैगरी समितिको कोषाध्यक्षमा दिनदयाल रिजाल र सदस्यहरुमा रामेश्वर प्रसाद घिमिरे, देवी खड्का, उमा तिमिल्सिना मरहट्ठा र बिजया दाहाल चयन भएका छन् ।

दक्षिण एसियाली रास्ट्रका जनताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उदेश्यले २०७२ कार्तिक ११ गते स्थापित यस मञ्चको साधारणसभामा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले आफ्नो धारणा तथा सुझाव व्यक्त गरेका थिए ।

Advertisement

मञ्चले बङ्लादेशमा पहिलो र भारतमा दोस्रो सार्क सम्मेलनको आयोजना गरेको थियो भने आगामी तेस्रो सम्मेलन नेपालमा आयोजना गर्ने तयारी गरिरहेको मञ्चका सचिव तथा प्रवक्ता भरत ढकालले जानकारी दिए ।