काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले वास्तविक सुकुम्बासी पहिचान भइरहेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नमाथि जवाफ दिँदै उनले वास्तविक सुकुम्बासी पहिचान गरेर समस्या समाधानतर्फ आफूहरु लागि रहेको बताएकी हुन् ।
उनले विभिन्न जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुसँग परामर्श लिएर जग्गा राज्यले जग्गा वितरणका कार्यलाई अगाडि बढाइरहेको बताएकी छन् ।
उनले भनिन, ‘यससँग सम्बन्धित भूमि आयोगमा छलफल चलिरहेको छ । हामीले विभिन्न जिल्लाहरुमा गएर भूमिहीन दलित, भूमिहीन सुकुम्बासीसँग परामर्श लिएर, जग्गा दर्ता गरेर हामीले लालपुर्जा हस्तान्तरण गर्ने काम अगाडि बढाइरहेका छौं । हामीले सुकुम्बासी दुई थरीका देखेका छौं । वास्तविक सुकुम्बासी अनि हुकुम्बासी सुकुम्बासी भएर रहनु भएको छ । हामी यो पहिचानको कार्यमा अगाडि बढिरहेका छौं।’