September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

नेपाल चीनबिच सम्बन्ध प्रगाढ भएको राज्यमन्त्री सिर्पालीको भनाई

645

कास्की । नेपाल र चीनबिच सांस्कृतिक तथा पर्यटनको क्षेत्रमा सम्बन्ध अझै विस्तार भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले बताएकी छिन् । शनिबार पोखरामा गरिएको दुईदिने नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै राज्यमन्त्रीले बताएकी हुन् ।

नेपाल सरकारको पर्यटन बोर्ड र चीनीया राजदुतावासको संयुक्त आयोजनामा पोखरामा नेपाल चीन मैत्रिपुर्ण ड्रागन ढुङ्गा प्रतिस्प्रधा पर्वको आयोजना गरिएको हो । यो कार्यक्रमको आयोजनाका लागि चीनबाट पोखरा अन्तराष्ट्रिय विमान स्थलमा असार ६ गते चीनबाट भिन्दै विमान अवतरण गरेको थियो ।

शनिबार भएको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सिर्पाली, नेपालका लागि चीनका राजदुत चेन सोंगसहित १५० भन्दा बडि चीनीयाँ प्रतिष्प्रधि खेलाडी र अन्य कुटनितिज्ञहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल चीनबिचको मैत्री सम्बन्धमा थप विस्तार, सांस्कृतिक सम्बन्धको आदान प्रदान, एक अर्काको संस्कार र संस्कृति बुझ्न मद्दत मिलेको बताईएको छ ।

Advertisement