September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

अब काठमाडौं अवतरण हुने विमानमा नेपालभाषामा पनि सूचना प्रवाह

895

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा नेपालभाषामा पनि सूचना प्रवाह हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले यात्रुको सुविधाका लागि भन्दै स्थानीय भाषामा सूचना प्रवाह गर्न लागेको काठमाडौंका मेयर बालेन्द्र साहले बताएको सञ्चारमाध्यममा प्रकाशित छ ।

बुधबार महानगरको वार्षिक नीति प्रस्तुत गर्दै मेयर साहले भनेका थिए “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाई जहाजमा यात्रुको सुविधाका लागि स्थानीय नेपालभाषामा प्रवाह गर्न प्रबन्ध गरिनेछ ।”

Advertisement

काठमाडौंमा अवतरण हुने विमानमा अंग्रेजी र नेपाली भाषामा सूचना प्रवाह हुँदै आएकोमा नेवारीमा पनि गर्न लागिएको महानगरले जनाएको छ ।