काठमाडौं। बालबालिकाहरु बिग्रँदै गएको भन्दै लोसपाका सांसद रामप्रकाश चौधरीले पब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेम तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस् ।’




