February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

लक्ष्मी महर्जन र टंक गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश

2.3K

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश दिएका हुन् ।

पाँचथरका गुरुङलाई नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रुपमा सक्रिय रहेको अभियोग छ । त्यस्तै महर्जन नेपाल प्रहरी अस्पतालकी नर्स (नायव निरीक्षक) हुन् ।

उनी यही प्रकरणमा पुर्पक्षका लागि कारागारमा पठाउन आदेश भएका हरिभक्त महर्जनकी श्रीमती हुन् । महर्जनले लक्ष्मीका नाममा खोलेको खातामार्फत रकम लेनदेन गर्ने गरेका थिए । बाँकी १६ अभियुक्तलाई भने अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।

Advertisement