काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले अध्यापन शुरु गरेका छन् ।
फेसबुकमार्फत जानकारी दिँदै नेता रिजालले अध्यापनमा फर्कनुलाई सुखद भनेका छन् । उनका अनुसार १९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किएका हुन् ।
रिजालले हरेक आइतबार ८ देखि १० बजेसम्म पुरानो बानेश्वरस्थीत एपेक्स कलेजमा पढाउँदैछन् ।