February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान सच्याउनुभयो: प्रदीप यादव

1.6K

काठमाडौंं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले पौडेललाई धन्यवाद दिएका छन् । शुक्रबार काठमाडौंको माइतीघरमा नागरिकताविहीन संघर्ष समितिको धर्नामा ऐक्यबद्धता जनाउँदै उनले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट मिचिएको संविधान पनि सच्याउने काम भएको बताएका हुन् ।

उनले भने, ‘आमाबुवा दुवै नेपाली नागरिक हुने अनि उनीहरुको छोराछोरी कसरी अनागरिक भए ? यो ठूलो अन्याय भएको छ । यादवले भने,‘म राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु ।’ उनले नागरिकता विधेयक प्रमाणीकरण भएर ऐन बनेको अवस्थामा न्यायालयमा मुद्दा परेको भन्दै आफूलाई न्यायलयले न्याय दिने विश्वास रहेको बताए ।

उनले संघीय संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर संविधान मिच्ने काम भएको बताए । उनले भने,‘उनले भने, यसअघि दुवै सदनबाट पारित भएर दुईदुईपटक प्रमाणीकरणको लागि नागरिकता विधेयक पठाईयो, तर उहाँले फिर्ता पठाउनुभयो । संविधानतः एकपटक राष्ट्रपतिले पूनर्विचारको लागि फिर्ता पठाउन मिल्छ । तर, दुईपटक नै बहुमतले पारित गरेर विधेयक प्रमाणीकरण गर्न पठाउँदा किन प्रमाणीकरण भएन ? यो संविधान मिच्ने काम भयो ।’

Advertisement