काठमाडौं । थापागाँउ स्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गतेसम्म नाटक “बुद्ध र भिखारी” मञ्चन हुने भएको छ । चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण तथा अनुवादन गरेका हुन् भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका छन् ।
नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरि “स्याडो प्ले” मार्फत मञ्चन गरिने भउको छ । नेपाली रंगमञ्चमा यस फर्मको प्रयोग कमै मात्रामा भएको छ । करिब १ घण्टाको अनुमानित समय राखिएको यश नाटक सोमबार बाहेक हरेक दिन बेलुका ५ बजेदेखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।
नाटकमा कलाकारहरु बेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डब, नबिन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सन्जिब योगी, मनिश मगर, मोहन राई रहनेछन भने बालकृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रवृदि राईको संगीत सुनिने छ ।
बुद्ध र भिखारी चौथो मञ्चन हो । यसअघि ७८ चैतमा चुलाचुली ३ स्थित मिलन क्लबको सभाहलमा, त्यस्तै ७९ बैशाखमा राष्ट्रिय नाचघर जमलमा आयोजित बुद्ध नाट्य महोत्सवमा र ७९ मंसिरमा अन्तरास्ट्रिय नाट्य महोत्सव –२०७९ मा थापागाँउ स्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो ।
नाटकमा सहकार्य तथा सहयोगीको रुपमा आर्टमाण्डु, मिडिया चुलाचुली, एम्टी स्टोमाच, बिम्ब कृएसन, जुम मिडिया रहेका छन् ।