इलाम । इलाम जिल्ला, इलाम नगरपालिका ६ स्थित गढिथुम्कामा रहेको श्री रण शार्दुल गण इलाममा रहेको नेपाली सेनाहरुसँग १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
गणका प्रमुख सेनानि सुनिल सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक विपन विश्वकर्माले अपराध, लागु औषध, आत्महत्या र साईवर अपराधको बारेमा प्रशिक्षण दिएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रहरी सहायक निरीक्षक टिका प्रसाद नेपालले ट्राफिकको परिभाषा, ट्राफिक प्रहरीको आवश्यकता र महत्व, सवारी दुर्घटनाको कारणहरु, कशुर दण्ड जरिवाना लागायतको विषयवस्तुमा प्रशिक्षण दिएका थिए ।





