काठमाडौं । नेकपा एकीकृत समाजवादीको मुखपत्र समाजवादको दोस्रो अंक बजारमा आएको छ । पार्टीको प्रचार विभागले सम्पादन गरेको मुखपत्र समाजवादको दोस्रो अंक हालै बजारमा आएको हो ।
समाजवादको दोस्रो अंकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको अन्तरवार्ता ‘जनताले हाम्रो भूमिकाको सम्मान गरेका छन्’, सहित सम्मानित नेता झलनाथ खनालको ‘वर्तमान संसद् र हाम्रो क्रान्तिकारी कार्यनीति’, उपाध्यक्ष प्रमेश हमालको ‘कम्युनिष्ट आन्दोलनभित्र दक्षिणपन्थी अवसरवाद’, महासचिव घनश्याम भुसालको ‘कम्युनिष्टहरू आफ्नै कर्ममा बाँच्छन्’, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको ‘नेपालको कम्युनिष्ट आन्दोलन उपलब्धि चुनौति र सम्भावना’ सहितका सामाग्रीहरू समेटिएको प्रचार विभागका सचिव तथा सम्पादक मण्डलका सदस्य प्रकाश खतिवडाले बताए ।
१ सय २२ पृष्ठ रहेको समाजवादको बिक्री मूल्य एक सय ५० रुपैयाँ राखिएको छ । दोस्रो अंकमा २३ वटा सामाग्रीहरू सङ्ग्रहित छन् । पार्टीले कलम न्युज डटकमडटएनपि डिजिटल मुखपत्रसमेत नियमित रुपमा प्रकाशन गर्दै आएको छ ।