February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

पुष्पलाल मित्रता केन्द्रको विशेष साधारण सभा सम्पन्न, अध्यक्षमा खतिवडा

1.9K

काठमाडौं ।  पुष्पलाल मित्रता केन्द्रको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौँमा भएको केन्द्रको विशेष साधारणसभाले जगन्नाथ खतिवडाको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वयमा जयन्ती राई र विश्वनाथ प्याकुरेल, महासचिवमा डा कृष्णराज पन्त, सचिवद्वयमा मेटमणि चौधरी र दामोदर अर्याल तथा कोषाध्यक्षमा विष्णु लम्साललाई निर्वाचित गरेको हो ।

कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको नामबाट स्थापना गरिएको केन्द्रले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकासका साथै सांस्कृतिक रूपान्तरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

Advertisement

नवनिर्वाचित अध्यक्ष खतिवडाले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको खाँचो औँल्याउँदै त्यसका लागि आवश्यक नीति निर्माणमा सहयोग गर्न केन्द्रले सहयोग गर्ने प्रतिबद्धता जनाए । बैठकले ४ बुँदे केही समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।