February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

जनआदोलन २ का घाइते मुकेश कायस्थको निधन

1.7K

काठमाडौँ । जनआदोलन २ का घाइते मुकेश कायस्थको बुधबार निधन भएको छ । २०६२/०६३ को जनआन्दोलनका ‘जिउँदो शहीद’ कायस्थको ३१ वर्षको उमेरमा निधन भएको हो ।

उनको उपचारका क्रममा धुलिखेलस्थित शीर मेमोरियल अस्पतालमा बुधबार बेलुका ६ बजेर १८ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २५ वैशाखमा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको थियो । आज विहिबार अन्येष्टि गरिने परिवारले जनाएको छ ।

२०६२–६३ को १९ दिने जनआन्दोलनको क्रममा चैत २७ गते काभ्रेको बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेशलाई प्रहरीले चलाएको गोली कन्चटमा लागेको थियो ।

Advertisement

मुकेश कक्षा आठको जिल्लास्तरीय परीक्षा सकेर साथीभाइसँगै जुलुसमा होमिएका थिए । मुकेश गोली लाग्दा १४ वर्षका थिए । उनी ओछ्यानबाट उठ्न नसक्ने गरी अपांग भएका थिए ।