सिओल । नेपाली उपभोक्ता संरक्षण महासंघका कानूनी सल्लाहकार अधिवत्ता तथा पत्रकार बिष्णु गिरी निश्चलले दक्षिण कोरियाका लागि कार्यवाहक नेपाली राजदुत पुष्पराज भट्टराईसँग भेटवार्ता गरेका छन् । नेपाली दुतावासमा सोमबार भएको भेटमा ईपीएसमार्फत कोरिया आएका कामदारको अवस्थाको बारेमा छलफल भएको थियो ।
भेटमा कोरियामा ईपीएसमार्फत आएका नेपालीहरुको कुनै पनि समस्या नरहेको र कोरियामा समाधान नहुने कुनै समस्या नरहेको भेटमा कार्यबहाक राजदुत भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नेपालीहरुको व्यत्तिगत समस्या मात्र रहेको नीतिगत रुपमा कुनै प्रकारको समस्या नेपालीहरुमा आए त्यसको लागि राजदुतावासले काम गरिरहेको बताए । नेपालीहरुको लागि बैदेशिक रोजगारीको लागि कोरिया विश्व कै १ नम्बरको गन्तव्य भएको भट्टराईले जानकारी दिए ।
भेटमा सहभागि नेपाली दुतावासकी काउन्सीलर चन्द्राकला वलीले ईपीएस ४० हजार नेपालीहरु कोरिया आएको र त्यसमा ३ हजार महिला श्रमिकहरु पनि कोरिया आएको जानकारी दिईन । उनका अनुसार हुण्डी कारोबारलाई निर्मुल गर्न वित्तिय साक्षरता अभियान दुतावासले संञ्चालन गरिरहेको जाकारी दिदै नेपालीहरुलाई जस्तोसुकै समस्या परे पनि दुतावासले सहयोग गरेको बताईन् ।
सो अवसरमा दुतावासका अन्य कर्मचारीहरुसँग पनि छलफल भएको थियो । भेटमा नेपाली व्यवसायी रोक्का बहादुर तामाङकोसमेत सहभागिता रहको थियो । बैशाख १९ गते कोरिया आईपुगेका पत्रकार बिष्णु निश्चल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्यसमेत हुन् । अधिवक्ता गिरीले एनआरएएन कोरियाका प्रतिनिधीहरु भेटगरी कोरियामा रहेका नेपालीहरुको अवस्थाको बारेमा छलफल गरेका छन् । अधिवक्ता गिरीले इपिएसमार्फत कोरिया पुगेका नेपालीहरुले काम गर्ने कम्पनी तथा कृषि फर्महरुको अवलोकनसमेत गर्नेछन् ।
अधिवक्ता गिरीले कोरियाली उपभोक्ता संघले आयोजना गर्ने कार्यक्रममा सोमबार सहभागी हुने छन् ।