February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

मनमोहन अधिकारीको योगदान महत्वपूर्ण र अविस्मरणीयः नेता खनाल

1.2K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मनमोहन अधिकारीको योगदान महत्वपूर्ण र अविस्मरणीय रहेको बताए । वैशाख १३ गते २४ औं मनमोहन स्मृति दिवसको अवसरमा नेता खनालले समाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा दिवंगत क. मनमोहन अधिकारीको योगदान महत्वपूर्ण र अविस्मरणीय छ ।’

अधिकारीले छोटो समय मात्र सरकारको नेतृत्व गर्ने अवसर पाएपनि छोटो समयमा नेपाली राजनीति र समाजलाई दूरगामी प्रभाव पार्ने र सदैव स्मरणमा रहिरहने काम गर्न सफल भएको खनालले बताएका छन् । यस्तै, मनमोहन अधिकारीले जीवनभर आफूलाई मुलुक र नेपाली जनताको हकहितको रक्षामा समर्पित गरेको पनि बताए ।

‘खासगरी आफ्नो प्रधानमन्त्रीत्व कालमा सुरु गर्नुभएको ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफैं बनाउँ जस्ता कार्यक्रमहरु आजसम्म पनि हरेक नेपालीले बिर्सन सकेका छैनन् । तसर्थ, वहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा गर्नुभएका योगदानहरु र वहाँले गर्नुभएका अनुकरणीय कामहरुबाट शिक्षा लिँदै बृहत वामपन्थी एकता मार्फत समाजवादको लक्ष्य तर्फ अघि बढ्न म सबैलाई आह्वान गर्दछु ।’, उनले भनेका छन् ।

Advertisement