मोरङ । सहिद लाजेहाङको श्रद्धाञ्जली सभाको क्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन अश्रुग्याँसबाट घाइते भएका छन् ।
येक्तेनलाई ढाँडमा अश्रुग्याँसले लागेको थियो । यसैगरी किराया केन्द्रीय उपाध्यक्ष देवान राई लाठीचार्जको कारण घाईते भएका छन् । विराटनगर निवासी चन्द्रकुमार राईलाई रबरको गोली लागेर घाईते भएका छन् ।
शिवसताक्षी –८, झिझिले निवासी राजकुमार शेर्मा, ईटहरी–२ डेनिस राई पनि घाइते भएको समाचार प्राप्त भएको छ ।




