June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

कर्णाली प्रदेशमा नेपाली काँग्रेसका तीन मन्त्रीले शपथ ग्रहण गर्दै

580

काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार सिफारिस भएका नेपाली काँग्रेसका तीन मन्त्रीले आज शपथ ग्रहण गर्दै छन् । मंगलबार दिउँसो बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी काँग्रेसले पाएको हो ।

Advertisement