February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

1.2K

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले नेपाली काँग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।

प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।

Advertisement

बैठकमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो ।