विराटनगर । कोशी नामाङकरण खारेजीको आन्दोलनको लागि युकेमा भएको आर्थिक संकलन, आज हस्तान्तरण हुदैछ ।
प्रदेश न १ पुन नामाङकरण संयुक्त समितिको आन्दोलनलाई उर्जा मिलोस् र सहिद पदम सुक्वाबा लिम्बू (लाजेहाङ)को परिवारमा थोरै भएपनि सहानुभूति र सहिदप्रति सम्मान ब्यक्त गर्न सकौं भन्ने उद्देश्यले शुरु गरेको अभियानमा ९६ जना दाताहरुबाट ३,७३० पाउण्ड उठेको र सो रकमलाई नेरुमा रुपान्तरण गर्दा नेरु ६,०१,९४९ भएको छ ।
त्यस रकममध्ये ५ लाख शहिदको परिवारलाई दिने र १ लाख सघर्ष समितिलाई प्रदान हुनेछ ।
लाजेहाङलाई नेपाल सरकारले शहिद घोषणा गरिसकेको छ र घोषणा भएको खबर पनि सम्बन्धित निकायमा पुगिसकेको छ ।
