November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सहिद लाजेहाङका परिवारलाई सहयोग गर्न हङकङमा आर्थिक संकलन सुरु

5.7K

काठमाडौं। सहिद पदम लिम्बू लाजेहाङको परिवारलाई सहयोग गर्ने उदेश्यले हङकङमा आर्थिक संकलन गर्न सुरु गरिएको छ । लिम्बुको परिवारलाई नैतिक तथा आर्थिक रुपमा सहयोग गर्ने हेतुले हङकङबाट आर्थिक संकलन सुरु गरिएको हो ।

किरण सुच्चा लुहुन राईको संयोजकत्वमा आर्थिक संकलन सुरु गरिएको कवि जुनु रानाले जानकारी दिइन् । नामकरण ‘कोशी’ खारेजी अभियानमा नैतिक तथा आर्थिक ऐक्यबद्धता रहेको पनि उनले बताइन् ।

प्रदेश १ लाई गत फागुन १७ गते छापामार शैलीमा कोशी नामाकरण गरेपछि पहिचान पक्षधरहरू आन्दोलित छन् । प्रदेश १ पुन:नामाङ्कन संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएकोमा सोही आन्दोलनकै क्रममा चैत ५ गते विराटनगरमा भएको बृहत् जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङको उपचारको क्रममा मृत्युु भएको हो ।

Advertisement

तेह्रथुमको मेयङलुङ् साप्लामा जन्मिएका लाजेहाङ पछिल्लो समय धरान-१५ मा बसोबास गर्दै आएका थिए । परिवारका उनी एक्लो छोरा हुन् । उनको परिवारमा आमाबुबा ४ दिदिबहिनी एक छोरा छन् ।