न्यूयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिव्ना) ले अन्तराष्ट्रिय नारी दिवस–२०२३ को अवसर पारेर ‘भोइसेज अफ इमिग्रेन्ट वुमेन जर्नल’ एक अन्तरक्रिया कार्यक्रमकासाथ विमोचन गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले सो जर्नलको विमोचन गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष इन्दिरा सस्थाको स्थापनाकाल देखि नै यस सपना भएकोले लामो समयपछि एउटा सपना पुरा भएको बताइन् । ‘जवर्नी अफ द जर्नल’को विषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौतिपूर्ण र कठिन भएपनि सबैजनाको एक्यवद्धता, प्रतिवद्वता र लगाबका कारण सफल भएकोले यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, विज्ञापन दिएर सहयोग पु¥याउने व्यवसायी लगायत सम्पूर्ण सहयोगिमनहरूप्रति आभार प्रकट गरिन् । त्यसैगरि यो प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आगामी दिनमा सुधार गर्नको लागि सम्पूर्णसँग आग्रह पनि गरिन् ।
अन्तरक्रिया कार्यक्रममा प्रस्तोता डा प्रोफेसर रेजिता नेयरले ‘मेन्टल हेल्थ र चाइल्ड साइकोलोजी’का सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् भने प्रोफेसर लरेन याङले ‘मोर्डन सेलभरी एण्ड फोर्स लेबर’ सम्बन्धमा प्रस्तुति दिएकि थिइन् ।
कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिहरू नेपालको लागि सद्भावना पर्यटन दुत न्यूयोर्कका केशबराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासंघ अमेरिका (फिव्ना) का पूर्व सभामुख विनोद पोमो, किरात माङ्हिम माङ्खिमका अध्यक्ष दुर्गा सुब्बालाई सँस्थाले सम्मान गरेको थियो ।
त्यसैगरि नेपाली समाजमा सकारात्मक प्रभाव जमाउन सफल सामाजिक अभियन्ता नवराज केसी, दिपक चौधरी र न्यूयोर्क स्टेटकी ‘डाइरेक्टर अफ कम्युनिटी अफेयर’ डोल्मा लामालाई पनि हौसलास्वरूप सम्मान–पत्र प्रदान गरिएको थियो ।
विभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाबीच सम्पन्न उक्त कार्यक्रममा संस्थाका पदाधिकारी र सदस्यहरू गरी जम्मा २० जनाले आजीवन सदस्यता लिएकाले दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाकी प्रमुख अतिथि सुकु राईले महिला र पुरूषबीचमा भएको सामाजिक विभेदलाई प्रकाश पार्दै उन्मुलन गर्नका लागि न्यूयोर्कका पिडीतहरू एक हुनुपर्ने बताइन् ।
त्यस्तै संस्थाकी संस्थाका अध्यक्ष संगिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिले पनि अगाडी बढ्न हौसला दिएको बताउदै संस्थाका स्थापनादेखिको संघर्षका कथाहरू पोखिन् । ‘हामीले नगरे कसले गर्ने, त्यसैले हामी भन्ने भावनाको विकास गरौं ।’, उनको जोड थियो ।
अन्त्यमा यस संस्थालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूले संस्थाको गोल्ड स्पोन्सरमा सद्भावना पर्यटन दुत तथा सामाजिक अभियन्ता केशवराम राई र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सामाजिक अभियान्ता इन्द्र तामाङ गोल्ड स्पोनसर, फिव्नाका पूर्व सभामुख विनोद पोमो र किरात माङ्हिम माङ्खिमका अध्यक्ष दुर्गा सुब्बा सिल्भर स्पोन्सर स्वरूप संघसंस्थाले हौसला प्रदान गरेको घोषणा अध्यक्ष चोङबाङले गरिन् ।
सम्पूर्ण उपस्थितलाई धन्यवाद तथा आभार व्यक्त गर्दै सम्पूर्णले यसैगरि साथ सहयोग गर्न आग्रह गर्दै अध्यक्ष चोङ्बाङ्ले कार्यक्रमको औपचारिक रूपमा अन्त्य गरिन् ।