January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि भारत लगिने

880

हाल–नेपाल पक्षको नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ।
विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका भोलि (सोमबार) भारत लैजान लागिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार, प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ। ‘

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।

Advertisement