November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक गर्दै पूर्व एआइजी राईले भनेः संस्कारहरू पुस्तान्तरण हुँदै जानुपर्छ

4.4K

काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यश पाःलामको भिडियो सार्वजनिक भएको हो ।

बिहीवार काठमाडौंको माइतीघरस्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए ।

पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व एआइजी ठूले राई

उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आम्बुङ, संचारिका समुहकी अध्यक्ष तथा कवि बिमला तुम्खेवा, पाँथर समाजका अध्यक्ष होमकुमार लावतीको उपस्थिति रहेको थियो । यस्तै अतिथिहरू खड्ग न्यौपाने, टंक श्रेष्ठ, सरिता राई, क्या.टंक जबेगु, कल्पना योङहाङ, गायक/संगीतकार ब्रबिम सेर्मा लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मुन्धुमवीद तथा कलाकार यासेली योङहाङले लिम्बू पाःलाममा अंग्रेजी मिसिन थालेको गुनासो राखे । स्वागतकै क्रममा उनले हरेक वस्तुको अस्तित्व हुने बताउँदै यतिबेला १ नम्बर प्रदेशमा आयातित पाइलाले कुल्चिएको बताए । अहिले बिद्रोहको आवाज बुलन्द भएको बेला यो पाःलाम सोही बिद्रोहको एउटा रुप भएको बताए । उनले कलाकारहरू राष्ट्रको गहना नभएर देशको अभिन्न अङ्ग भएको पनि बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मुन्धुमविद तथा कलाकार यासेली योङहाङ

कार्यक्रम प्रस्तोताको प्रश्नको उत्तर दिने क्रममा भिडियोका कलाकार चन्द्रकुवेरले यसअघि पनि धान नाच्दै आएको हुँदा काम गर्न सहजै भएको बताए । आफैलाई भिडियोमा देख्दा भने अलिक असहज भएको बताए । उनले एउटा ख्याली पनि भनेर सुनाएका थिए । अर्का कलाकार कमला सेन्दाङले गीतकार कल्पना आङबुङको आग्रहमा यश भिडियो खेल्न पुगेको र यो आफ्नो लागि राम्रो अवसर भएको बताइन् ।

यसै गरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका अतिथि कियाचुका उपाध्यक्ष गोविन्द आम्बुङले यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । अहिले मौलिक पाःलाम र धाननाचहरू हराउदै गएको जस्तो देखिएकोले यसको संरक्षण हुनुपर्ने बताए ।

शुभकामना मन्तव्य राख्दै कियाचुका उपाध्यक्ष गोबिन्द आम्बुङ

कार्यक्रममा बोल्दै अर्का अतिथि कवि बिमला तुम्खेवाले लिम्बू जाती भाषा, संस्कार संकृतिको हिसाबले सम्पन्न भएको बताइन् । पछिल्लो समयमा लिम्बू जाती अहिले पनि संसारै भरी सम्पन्न जातीमा पर्ने बताइन् । हामीले आफ्नो परम्परागत पोषाकदेखि सबै कुराले गहिरो प्रभाव छोडेको बताइन् ।

शुभकामना मन्तव्य राख्ने क्रममा कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा

यस्तै, कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठूले राईले गीतकार आङ्बुहाङलाई बधाई दिएका थिए । उनी देशभन्दा धेरै टाढा रहे पनि नेपालको माटो र हावापानीलाई आफूसँगै राखेको बताए । यश पाःलामको शब्द नबुझे पनि भिडियोले धेरै गहिरो विषय बोकेको देख्न सकिने बताए । यस्ता किसिमका संस्कारहरू पुस्तान्तरण हुँदै जानुपर्ने र यसमा व्यापकता आउनुपर्ने उनले बताए । राईले सुमन र निरन्ताको आवाजको स्वरमा मीठो कम्पन भएको साथै आवाजले मुटुमा प्रहार गर्ने भन्दै प्रशंसा पनि गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व आइजिपी ठूले राई

यस्तै, कार्यक्रममा उपस्तिथितहरूलाई धन्यवाद दिँदै निर्देशक हाङ चेम्जोङले चन्द्रकुवेर, कमला लगायतसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी भएको बताए ।

कार्यक्रममा कलाकारहरू चन्द्रकुवेर खापुङ र कमला सेन्दाङ लगायत सम्पूर्ण कलाकारहरूलाई प्रसंसा–पत्र वितरण गरिएको थियो भने प्रमुख अतिथिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कल्पना आङ्बुहाङको शब्द रहेको यश पाःलामको लय संकलन देश थलङ लिम्बु र मिक्सिङ् राजु कार्कीको रहेको छ । ख्यालीमा भने मुन्धुमवीद यासेली योङहाङको शब्द लेखन रहेको छ । पाःलाममा चर्चित पाःलाम गायक सुमन लिम्बू र निरन्ता नेम्बाङले स्वर दिएका छन् । कोरस गायनमा गंगा फियाक र दिवस नेम्बाङले साथ दिएका छन् ।

पाःलामको भिडियो छायांकन इसाक जबेगूले गरेका हुन् । यसमा एसएसपी चन्द्रकुबेर खापुङ, कमला सेन्दाङ, यासेली योङहाङ, लक्ष्मी योङहाङ, शनी लिम्बु,नरेश वनेम, मनु थक्लुङ, पूर्ण लिम्बु, बसन्ता सम्बाहाम्फे, बिनु लक्सम, पर्शु थलङ, टेकेन्द्र चेम्जोङ, राजु चेम्जोङ लगायतको अभिनय छ ।

पाःलामको भिडियो कल्पना आङ्बुहाङको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

कार्यक्रमका अन्य तस्वीरहरू