June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

ब्राउन सुगर र नियन्त्रित औषधीसहित पाँजना पक्राउ

२०७९ फाल्गुन २५

1.4K

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विहीबार ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम पेल्टिमारी गाँउपालिका–३ घई भई सुन्दरहरैचा–१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बुलाई शङ्कास्पद अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन– ८५ पिस र ट्रमाडोल–८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरेसँगै लिम्बु र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी–३ का २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा–१० का २३ बर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी झापाको मेचिनगर नगरपालिका–६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१० धुलाबारीका २४ बर्षीय खातिबुल महमदलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो भने ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका–१ स्थितबाट २२ बर्षीय (समिर) भन्ने देवेन्द्र चौधरीलाई २ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

Advertisement

पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।