काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । बिहीबार बसेको रास्वपाको बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने रास्वपाले निर्णय गरेको हो ।