May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

मलाई एमालेका सांसदहरुले पनि मत दिनुहुन्छ: रामचन्द्र पौडेल

२०७९ फाल्गुन २५

1.2K

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई एमालेका सांसदहरुले पनि मत दिने बताए । संसद भवनको मतदानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पौडेलले एमालेको पनि मत पाउने विश्वास व्यक्त गरेका हुन् ।

सुरुदेखि नै आफूलाई संसद्का सबै दलले साथ दिने बताउँदै आएका पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने बताएका छन् ।

आफू राष्ट्रपतिमा निर्वाचित भए राम्रो काम गरेर देखाउने पनि उनले विश्वास दिलाएका छन् । उनले गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर आफूले देखाउने धारणा राखे ।

Advertisement