June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

मिटर ब्याजको पासोमा परेपछि एक युवाले रोजे आत्महत्या

२०७९ फाल्गुन १९

2.3K

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।

लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको पाइएको छ । एक लाखको ८ हजार मासिकदेखि १५ हजारसम्म ब्याज मिटरव्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।

करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पु¥याएको आफन्तले बताएका छन् ।

Advertisement

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अव ऋण दिने मिटरब्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।