June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

इलाममा आफैले ढालेको रुखले किच्दा एकजनाको मृत्यु

२०७९ फाल्गुन १६

1.3K

इलाम । इलाममा रुखले किचेर एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–१० लुम्बाक स्थितमा रुख काट्ने क्रममा रुख ढलेर किच्दा एक जनाको मृत्यु भएका हो ।

सोमबार दिउँसो १२ बजे फलेदोको रुख काट्ने क्रममा रुख ढलेर किचिँदा घाईते भएका महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेललाई उपचारको लागि बिएण्डसी अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइँते भएका मोरङ पथरी शनिश्चरेका २२ बर्षीय बिज्ञान मगरको पनि सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Advertisement