January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरन्जनको निधन

1.6K

काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ। कोरोना संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा १ महिनादेखि उपचाररत कोइरालाको आज आइतबार बिहान ११ बजे निधन भएको हो।

उनी केशव कोइराला र नोना कोइरालाका छोरा हुन्। स्वर्गीय कोइरालाले पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत थिए।

Advertisement