June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

आजीवन सदस्यहरुलाई मासिक पारिश्रमिक नदिने प्रज्ञा प्रतिस्ठानको निर्णय

२०७९ फाल्गुन १६

1.4K

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यसअघि सरकारी कोषबाट सुविधा लिइरहेका आजीवन सदस्यहरुलाई मासिक पारिश्रमिक नदिने निर्णय गरेको छ । प्रतिस्ठानले सोमबार पत्रकार सम्मेलन गरी ‘दोहोरो सुविधामा रहेका आजीवन सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानबाट दिइदै मासिक पारिश्रमिक नदिने निर्णय गरेको’ जानकारी दिएको हो।

प्रतिष्ठानका अनुसार आजीवन सदस्यका रुपमा २० जनाले प्रतिष्ठानबाट मासिक पारिश्रमिक पाउँदै आएका छन् । प्रतिष्ठानले आजीवन सदस्यलाई मासिक ५१ हजार ४ सय रुपैयाँ पारिश्रमिक दिने गर्छ । नेपाल सरकार, विश्वविद्यालय, तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यलाई फागुनबाट मासिक पारिश्रमिक नदिने निर्णय भएको छ ।

दोहोरो सुविधा पाइरहेका सदस्यको पारिश्रमिक कटौती गरी उक्त रकम खोज अनुसन्धानमा लगाइने नवनियुक्त कुलपति भुपाल राईले बताए ।

Advertisement