November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

धरानमा कवि उत्तम लिम्बूको ‘एकल कविता वाचन’ कार्यक्रम सम्पन्न

2.4K

काठमाडौं । कवि उत्तम लिम्बूको ‘एकल कविता वाचन’ सम्पन्न भएको छ । आइतबार प्रजातन्त्र दिवसको अवसरमा धरानस्थित हाेटल रत्न इनमा लिम्बुले करिब डेढ दर्जन कविता प्रस्तुत गरेका थिए ।

सिर्जनशील सामाजिक युवा समुहद्वारा आयाेजित एकल कविता वाचनमा कार्यक्रममा समुहका उपाध्यक्ष समीक्षा छिलिङ राइकाे अध्यक्षता तथा कवि बम देवान प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रमकाे मन्तव्यकाे क्रममा बोल्दै प्रमुख अतिथि बम देवानले नेपाली साहित्यमा कवि लिम्बूकाे उपस्थिति अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका थिए ।

Advertisement

कार्यक्रममा धनकुटा,सुनसरी,माेरङ लगायत विभिन्न ठाउँबाट आएका कवि/लेखक तथा श्राेताहरुकाे बाक्लो उपस्थिति रहेको थियोे ।

समुहकाे सचिव जीना अधिकारीकाे सञ्चालनमा रहेको उक्त कार्यक्रममा सहसचिव बेनुप भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने कवि तथा प्राध्यापक राजेश बिद्रोहीले शुभकामना मन्तव्य दिएका थिए ।