जापान । जापानको टोकियोमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फागुन २५ गते हुने नारी दिवसको अवसरमा एनआरएनए जापानको आयोजना र नेपाली राजदूतवासको सहकार्यमा आइतवार निःशुल्क स्वास्थ्य शिविर परामर्श सम्पन्न भएको हो।
।
उक्त स्वास्थ्य शिविरमा डा. लुसुन चालिसे, (नशा एवं टाउको रोग सम्बन्धि) डा.सुमन श्रेष्ठ ( बिकिरण चिकित्सक बिशेषज्ञ) डा. सन्दिप शाक्य, ( मुटु रोग बिशेषज्ञ) डा. सुप्रिया शाक्य, ( दन्त चिकित्सक) डा. सुबास अधिकारी ( क्लिकल परिक्षण प्रवन्धक) डा. ससिम पौडेल ( पेट तथा आन्द्रा बिशेषज्ञ ) एलिजा केसी नर्स दृष्टि श्रेष्ठ नर्स सबिता अधिकारी नर्स लेबिरामीहरूको चेक जाँच गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथिहरू राजदूतवासका उपनियोग प्रमुख अम्बिका जोशी, एनआरएनए आईसिसि पूर्वअध्यक्ष भवन भट्ट, वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ, सदस्य रबिन शेरचन प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, एभरेष्ट ईन्टरनेसनल स्कुलका प्रिन्सिपल बिष्णु भट्ट, कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ र नेपाली साहित्य समाजका अध्यक्ष रबिन शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष नविन निउरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव सिद्धार्थ श्रेष्ठले गरेका थिए। कार्यक्रममा संयोजक एवं उपाध्यक्ष संगिता अधिकारी सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् ।