काठमाडौं । नागरिक उन्मुक्तिा पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी रिहा भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आइतबार कैलाली कारागारबाट रिहा भएका हुन् ।
उनी जेलमुक्त भएपछि स्वागत गर्नका लागि नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरीसहित शुभचिन्तक र सर्मथकहरु उपस्थित भएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश छ । जसमा सांसद चौधरी पनि थिए ।
१३ वर्षअघि २०६६ साल भदौ ३ गते सांसद अरुणसहितले लम्कीको धोबेनी खोला नजिक ढुङ्गा बोकेको एक ट्याक्टर जलाएको आरोप लागेको थियो ।
कैलाली जिल्ला अदालतले २०७० साल वैशाख ९ गते सांसद अरुणसहित तीन जनालाई सो मुद्दामा ६ महिना कैद र बिगो वापत आठ लाख १९ हजार रुपैंया जरिवानाको फैसला गरेको थियो । तर, अरुण तथा अन्य दुई जनाले कैद भुक्तान गरेका थिएनन ।