June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

विराटनगरमा अवैध सामान बरामद

1.2K

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१३ जतुवा नहर स्थितबाट अवैध सामान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्जु गाँउपालिका–३ सुनसरीका ४१ बर्षीय प्रेम गुरुङ रहेका छन् ।

आज दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को २ह१६३६ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५ लाख ३३ हजार ५ सय बराबरको बिभिन्न प्रकारको रेडिमेड कपडा बरामद गरेको हो ।

बरामद भएका सामान, अटो र पक्राउ गरेको गुरुङलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement