काठमाडौं । ग्यास सिलिण्डर विष्फोट हुँदा जलेर गम्भीर भएका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको छ । उनलाई श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगिएको हो ।
यसअघि एयर एम्बुलेन्स मगाएर भारत लैजाने तयारी गरिएका बेलामा एयर एम्बुलेन्स आउन ढिला हुने भएपछि श्रीएयरलाइन्स चार्टर्ड गरेर लगिएको हो । बुद्धनगर निवासमा गएराति ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहँदा चिकित्सकको टोलीले नेपालमा थप उपचार सम्भव नहुने र विदेश लैजानुपर्ने सुझाव दिएपछि डा.भण्डारीलाई भारत लगिएको हो ।