काठमाडौं । सांसद विश्वप्रकाश शर्माले राजनीतिमा रूपान्तरणसहित चार विषयमा विमर्श जरूरी रहेको बताए। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले राजनीतिमा रूपान्तरण, सामाजिक विसंगतिहरूको अन्त्य, झन्झटिलो प्रशासनिन प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्यका लागि विमर्श जरूरी रहेको बताएका हुन्।
बैठकमा बोल्दै नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘यी चार विषयमा गम्भीर राष्ट्रिय विमर्श जरूरी छ । सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरू, मिडिया र समाजलाई विनम्र अनुरोध गर्दछु।’
आफू हालसालै इलामस्थित प्रेम आचार्यको घर पुगेर आएको प्रसंग सुनाउदै शर्माले आत्महत्याका दरसमेत पछिल्लो समय वृद्धि भइरहेको र यसको कारण व्यक्तिको आकांक्षा र परिवेशबीच असन्तुलन रहेको बताए।
शर्माले भने, ‘असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ ।