November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

निर्मला कुर्मी प्रकरण: सरकार र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति

2.1K

काठमाडौं । निर्मला कुर्मीका लागि न्याय माग गर्दै माइतीघर मण्डलामा अनशनरत बाँकेका महिलाहरु र सरकारबीच तीन बुँदे सहमति भएको छ ।

आज गृह मन्त्रालयसँग तीन बुँदे सहमति भएसँगै ४८ दिनदेखि माइतीघरमा अनशनरत महिलाहरु घर फर्कने भएका छन् ।

उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सुरक्षा निकायले समन्वय गर्ने सहमति भएको छ । सहमतिसँगै उनीहरूको आन्दोलन फिर्ता भएको छ ।

Advertisement