April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आन्दोलित यातायात मजदुर र सरकारबीच वार्ता सुरु

910

काठमाडौं । आन्दोलित यातायात मजदुर र सरकारबीच वार्ता सुरु भएको छ । ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको वार्तामा बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

सोमबारदेखि आन्दोलन सुरु गरेका यातायात मजुदुरले विभिन्न माग राखेका छन् । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।

Advertisement

आन्दोलनकारीले सोमबार बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् । यातायात मजदुरले आज पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।