काठमाडौं – नेपालका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदली रहेको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी , बाग्मती प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।