February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

यती विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा

1.5K

काठमाडौं । पोखरास्थित यती विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा राखिएको छ । माघ १ गते भएको दुर्घटनामा परि ७२ जनाको मृत्यू भएको सेती खोँचमा पूजापाठ र प्रार्थना गरिएको हो ।

दुर्घटना भएको १३ औं दिनमा पोखरा महानगरसहित विभिन्न संघसंस्था, दलले आयोजना गरेको श्रद्धाञ्जली सभामा बुद्ध र हिन्दु धर्मालम्बीहरूले आ-आफ्नै परम्परा अनुसार पूजापाठ गरेका हुन् । बटुकहरुले आफ्नो अगाडि दीयो बालेर स्वस्ति शान्ति मन्त्र पाठ गरे भने लामाहरु सातुको ‘छोक’ बनाएर ‘छ्योर्मेः’ बालेर पुजापाठ गरेका हुन्।

यस्तै, गुरुङ समुदायले आफ्नै किसिमले पूजापाठ गरेका छन् । उनीहरूले सेती पारी हिन्दु परम्परा अनुसार चीर शान्ति स्मृति प्रार्थना सभामा मन्त्रोच्चारण गरेका थिए ।

Advertisement

विमान दुर्घटनास्थल सेतीवारि र पारि दुवै डिलमा मृतकको आत्माको शान्तिको कामना गर्दै पूजापाठ तथा प्रार्थना गर्नेहरुको ठूलो भिड लागेको थियो । प्रार्थना सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, विभिन्न राजीनितिक दलका नेता, मृतकको आफन्तहरु उपस्थित थिए ।

दुर्घटना भएको समयलाई आधार मानेर १०:५८ मा महानगरले दुर्घटनामा ज्यान गुमाएका ७२ जनाकै नाममा दीप प्रज्जवलन गरेको थियो ।