February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

प्रेमप्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता हो: गगन थापा

1.5K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको बताएका छन् । बुधबार सामाजिक संजालमा लेख्दै थापाले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको बताएका हुन् ।

महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘यसो सोच्छु–उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ! फेरी सोच्छु–यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो ।’

थापाले कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुँने बताउदै गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताए । ‘कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !’, थापाले लेखेका छन् ।

Advertisement