काठमाडौं । आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’को निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार निधन भएको हो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यको बुधबार विहान निधन भएको हो ।
पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।