February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु

365

विराटनगर । मोरङमा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका १२ स्थित भित्री सडकमा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको छोरी डेढ बर्षीया अननिया चौधरी रहेकी छन् ।

हिजो अपरान्ह ४ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको ट्रिफरले ठक्कर दिँदा बालिकाको घटनास्थलमानै मृत्यु भएको थियो । ट्रिफर र ट्रिफर चालक मोरङ केराबारी गाँउपालिका १० बस्ने ३५ बर्षीय राजकुमार लिम्बु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement