काठमाडौं । संघीय संसद भवनअगाडि एक व्यक्तिले आत्महत्या गर्ने प्रयास गरेका छन् । मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।
प्रहरीका अनुसार बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडकको बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
आगो लगाउने व्यक्तिको पहिचान खुलिनसकेको र आफैंलाई आगो आगो लगाउनुको कारण पनि खुलिनसकेको प्रहरीले जनाएको छ।
उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।