February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

1.3K

काठमाडौं । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो मङ्गला गाउँपालिका–२ काफलगौरमा ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मङ्गला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, मङ्गला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला–२ की २२ वर्षीया विपना कार्की, मङ्गला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।